
काठमाडौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ ।
‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनको सहयोग निरन्तर रहनेछ’, फाउण्डेसनका संयोजक नकुल अर्यालले भने ।
फाउण्डेसनले काठमाडौंमा सक्रिय झण्डै ३ सय पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनेछ ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा उपस्थित पत्रकारहरुले नियमित रिपोर्टिङमा खटिने पत्रकारलाई सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे ।