२० असार २०८३, शनिबार

जसपा उपेन्द्र पक्षले भन्यो– पृथ्वीसुब्बालाई समर्थनको पत्र दिने व्यक्ति साधारण सदस्य पनि हैनन् !

जसपा उपेन्द्र पक्षले भन्यो– पृथ्वीसुब्बालाई समर्थनको पत्र दिने व्यक्ति साधारण सदस्य पनि हैनन् !

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले गण्डकी प्रदेशमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन रहेको भन्दै पत्र लेख्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी गराएको छ ।

जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले आइतवार विज्ञप्ति जारी गरी पार्टी सदस्य समेत नरहेको व्यक्तिले समर्थनको पत्र दिएको उल्लेख गरेका हुन् ।

'गण्डकी प्रदेश सरकार गठनको शिलशिलामा जनता समाजवादी पार्टी नेपालको नाममा गण्डकी प्रदेश समितिको अध्यक्ष भनी अनिल परियार भन्ने व्यक्तिले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै जसपा नेपालको निर्णय र नीति विपरीत प्रदेश प्रमुखलाई पत्र लेखेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'अनिल परियार जनता समाजवादी पार्टी नेपालको साधारण सदस्य पनि नरहेको स्पष्ट गर्दछौं ।'

हेर्नुहोस्, विज्ञप्ति :
 

salt training

कमेन्ट गर्नुहोस्