३० जेठ २०८३, शनिबार

प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

असार १, २०७८
प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका संघअन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिए । ती अस्पतालले कोभिड–१९ सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् । 

केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित संघ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रूपमा तोक्ने सक्ने व्यवस्था रहेको छ ।

उनका अनुसार १ नम्बर प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, २ नम्बर प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउन सकिन्छ । 

उनले यी अस्पताललाई युनिफाइड प्रादेशिक अस्पताल तोक्ने विषयमा मन्त्रालय र प्रदेश सरकारसँग छलफल भइरहेको बताए ।

सरकारले कोभिड–१९ संक्रमितको निदान र उपचारको काम एकीकृत रूपमा सञ्चालन र व्यवस्थापन गर्न केन्द्र र प्रदेशमा छुट्टाछुट्टै युनिफाइड अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्