०२ असार २०८३, मंगलबार

गण्डकीमा सांसदलाई बजेट बाँड्ने कार्यक्रममा ७२ करोड विनियोजन

गण्डकीमा सांसदलाई बजेट बाँड्ने कार्यक्रममा ७२ करोड विनियोजन

संघीय सरकारले खारेज गरेको सांसदले बजेट लिएर योजना बाँड्ने कार्यक्रमलाई गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता दिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलवार प्रदेश सभामार्फत सार्वजनिक गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्ने गरी ७२ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरे । 

सरकारले आगामी आवको लागि चालू आवभन्दा ४ अर्ब कम अर्थात् ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

सार्वजनिक बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार छ भने पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ २४ करोड विनियोजन गरिएको छ ।

प्रतिशतका आधारमा चालूतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ (५५.५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ (०.८ प्रतिशत) हुन आउँछ ।

salt training

कमेन्ट गर्नुहोस्