
संघीय सरकारले खारेज गरेको सांसदले बजेट लिएर योजना बाँड्ने कार्यक्रमलाई गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता दिएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलवार प्रदेश सभामार्फत सार्वजनिक गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्ने गरी ७२ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरे ।
सरकारले आगामी आवको लागि चालू आवभन्दा ४ अर्ब कम अर्थात् ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सार्वजनिक बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार छ भने पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ २४ करोड विनियोजन गरिएको छ ।
प्रतिशतका आधारमा चालूतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ (५५.५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ (०.८ प्रतिशत) हुन आउँछ ।
