
मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । बजारमा रहेका एकतले घर पुरिएको छन भने अग्ला घरका एकतला डुवानमा परेका छन् ।
नेपाली सेनाले बुधवार बिहानै देखि उद्धार कार्य जारी राखेको छ । सेनाले एउटा होटलमा अलपत्र रहेका दुइजनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।
मंगलवार रातिदेखि आएको बाढीका कारण मेलम्ची बजारका कयौं पक्की घरमा क्षति पुगेको छ । बजारका अधिकाशं घरका पहिलो तलामा बाढीसँगै आएको माटो पसेको छ ।






मेलम्ची बजार आसपासमा फसकेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानै देखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भएपनि संख्या यकिन भएको छैन ।
तस्वीर सौजन्य पत्रकार विष्णु क्षेत्री