२१ जेठ २०८३, बिहीबार

बाढीका कारण सिन्धुपाल्चोकमा सीताघाट पुल पनि जोखिममा

बाढीका कारण सिन्धुपाल्चोकमा सीताघाट पुल पनि जोखिममा
सांकेतिक तस्वीर

अबिरल वर्षापछिको बाढीका कारण सिन्धुपाल्चोकको इन्द्रावती गउँपालिकास्थित सीताघाट पुल जोखिममा परेको छ ।

खोलामा पानीको बहाव अप्रत्यासित रूपमा बढेका कारण सीता घाटको पुल जोखिममा परेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

हेलम्बु गाउँपालिकामा पछिल्लो दुई तीन दिनदेखि लगातार भएको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य खोलामा बाढी आएको उनले बताए ।

‘हिजो दिउँसो तीन बजे मेलम्ची खोला पहिरोले पुरेपछि खोला थुनिएर बाढीले ठूलो आकार लिएको थियो,’ अध्यक्ष तामाङले भने, ‘त्यस पछि इन्द्रावती पनि खोलियो । त्यस कारणले ठूलो आकार लिएर आएपछि हेलम्बु गाउँपालिकाको दनौटे, तिम्बूलगायतका ठाउँमा धेरै क्षति पुर्‍याएको छ ।'

मेलम्ची बजारमा सबैभन्दा बढी क्षति पुगेको उनले बताए। त्यहाँ पक्की पुल समेत बाढीले बगाएको उनले बताए।

त्यहाँ ५० प्रतिशतभन्दा बढी घरहरू खाली गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्