०२ साउन २०८३, शनिबार
देशभर बाढीको वितण्डा

कालीगण्डकी नदीमा आएको बाढीका कारण रुरु क्षेत्र डुबानमा

कालीगण्डकी नदीमा आएको बाढीका कारण रुरु क्षेत्र डुबानमा

कालीगण्डकी नदी र रिडी खोलामा आएको बाढीका कारण गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रूरू क्षेत्र डुबानमा परेको छ ।

कालीगण्डकी नदीमा पानीको सतह बढ्दा रुरू क्षेत्रमा रहेको ऋषेश्वर मन्दिरको सिँडीसम्म डुबानमा परेको छ । 

रिडी बजार नजिकै कालीगण्डकी किनाराका केही घरमा बाढी पसेको छ । बाढीका कारण मन्दिरमा जाने बाटो डुबानमा परेको छ । केही टहरा डुबानमा परेका छन् । 

कालीगण्डकी नदीमा आएको बाढीका कारण गुल्मी, पर्वत र स्याङ्जाको सेतीवेणी क्षेत्र हिजाे देखि नै डुबानमा परेको थियो । पाल्पाको रानीमहल क्षेत्र पनि डुबानमा परेको छ । 


तस्वीर सौजन्य :हिमाल श्रेष्ठ

salt training

कमेन्ट गर्नुहोस्