३१ जेठ २०८३, आइतबार

लकडाउनमा खान नपाएर गरीब मजदूर परिवारको हाडछाला मात्र बाँकी

असार २, २०७८
लकडाउनमा खान नपाएर गरीब मजदूर परिवारको हाडछाला मात्र बाँकी

भारतको उत्तर प्रदेशमा रहेको अलीगढमा एउटा मजदूर परिवार दुई महिनादेखि भोकै पाइएको छ । 

पाँच बच्चा र महिला समेत परिवारलाई अस्पतालमा भर्ना गरिएको छ । 

महिलाकी जेठी छोरीको बिहे भइसकेको छ । ज्वाइँलाई उनीहरूको स्थिति थाहा भएपछि मलखान सिंह जिल्ला अस्पतालमा भर्ना गराए । अनि एक एनजीओलाई फोनमार्फत सूचना दिएपछि उसले आएर सहायता गरेको थियो । 
परिवारले विगत १० दिनदेखि अन्नको एउटा गेडो पनि मुखमा पार्न पाएन । 

महिलाका अनुसार, एक वर्षअघि उनको पतिको मृत्यु भएको थियो । कमाउने सदस्यको मृत्यु भएपछि परिवार भोकै पर्‍यो । 

महिला आफैं एक कारखानामा महिनाको चार हजार भारु तलबमा काम गर्न थालिन् । लकडाउनमा कारखाना समेत बन्द भयो । काम खोजे पनि कतै उनले पाइनन् । 

घरमा भएको दानापानी सकिन थालेपछि परिवारले मानिसहरूको दयामायाले केही खानेकुरा पाए । ठूलो छोराले दैनिक ज्यालादारी मजदूरी गरेर दानापानी जुटाए तर काम नहुँदा भोकै बस्नुपरेको थियो । 

विगत दुई महिनादेखि भरपेट खाना नपाएको पीडित परिवारको भनाइ छ । परिवारै ज्वरो तथा विभिन्न रोगबाट ग्रस्त छ । 

बालबालिकाको हालत निकै कमजोर छ तर उनीहरू निको हुने क्रममा छन् ।

salt training

कमेन्ट गर्नुहोस्