
सिन्धुपाल्चोकमा मेलम्ची नदीको जल सतह मापन पर्ने नाकोटे जल मापन केन्द्रको उपकरणले मंगलवार साँझ ७ बजेदेखि कुनै तथ्यांक सम्प्रेषण नगरेको पाइएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलवार साँझ ७ बजे ६ मिटर जल सतह मापन गरिएकोमा त्यसपछि कुनै तथ्यांक प्राप्त भएन ।
‘१९ः०० बजे ६ मिटर मापन भएको र त्यसपछि स्वचालित जल सतह मापन उपकरणबाट तथ्यांक सम्प्रेषण हुन सकेको छैन । यसले खोला केही समयका लागि थुनिन गएर खोलामा एक्कासी बाढी गएको हुनसक्ने आंकलन गरिएको छ,’ महाशाखाले भनेको छ ।
मंगलवार साँझ करीब ६ बजेबाट जल सतह एक्कासि ४.७ मिटरबाट घटेर ३ मिटर पुगेको र ६ः४५ बजेदेखि अकस्मात जल सतह बढ्न गई साँझ ७ बजे ६ मिटर पुगेको महाशाखाले जनाएको छ ।