×

NMB BANK
NIC ASIA

सेनाको निर्देशन : विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन

असार २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ ।

Muktinath Bank

मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलवारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनाङमा करीब ३०० देखि ४०० बाढी प्रभावित मानिसलाई नजिक सुरक्षित स्थानमा पुर्‍याउन र अलपत्र परेकालाई त्यहाँ तैनाथ रणसुर गणले उद्धार र सहयोग गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी अलपत्र परेका ४ जनाको सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । बाढीबाट अप्ठ्यारोमा पर्न सक्ने मानिसलाई सुरक्षित स्थानमा लैजान र पुनर्वासका लागि अस्थायी सेल्टर निर्माणका लागि पनि संगठनले सहयोग गरिरहेको छ ।’ 

Vianet communication
Laxmi Bank

भीषण र लगातारको वर्षापछि खसेको पहिराले मेलम्ची खोला थुनिएर गएको बाढीले खोला किनारको बस्ती, माछा फार्म र मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । त्यस क्षेत्रका कयौं घरगोठ, पशुचौपाया बगाएको तथा माटो सहितको बाक्लो लेदोले मेलम्ची बजार क्षेत्रका बस्ती र खेतीयोग्य जमिन पुरेको छ ।

प्रभावित क्षेत्रका जनतालाई तत्काल खाना र राहत उपलब्ध गराउने तथा पाललगायत अत्यावश्यक सामग्री ढुवानीमा पनि सेना संलग्न छ । नागरिकको सहयोगका लागि सेनाले स्थानीय प्रशासन, अरु सुरक्षा फौज र सरोकार निकायको समन्वय र सहकार्यमा काम गरिरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

सैनिक मुख्यालयले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपालका ७७ वटै जिल्लामा रहेका आफ्ना एकाइलाई तत्तत् स्थानमा रहेको जनशक्तिको एकतिहाइ फौज विपद् व्यवस्थापन र प्रतिकार्यका लागि खटिने सिलसिलामा तैनाथ अवस्थामा रहन निर्देशन दिएको छ ।

विपद् व्यवस्थापनका सिलसिलामा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने तथा स्वतः परिचालन हुने गरी पूर्व निर्देशन भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस वर्षको मनसुनको आगमनसँगै बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र विपद्का घटना आउन सक्ने अनुमान गरी गृह मन्त्रालय सहितका सरोकार निकायसँगको समन्वय र सहकार्यमा जोखिम क्षेत्रको पहिचान गरिएको थियो । त्यसै आधारमा सेनालगायत सुरक्षा फौजले जनशक्ति परिचालनको व्यवस्थापन मिलाइसकेको छ ।

अघिल्लो वर्ष सेनाले विपद् व्यवस्थापन न्यूनीकरणका लागि प्रतिकार्यका विभिन्न अभ्यास गरेको थियो । विपद् प्रतिकार्यका लागि सञ्चालन गर्ने सन्दर्भमा सेनाका हवाई साधन पनि इटहरी, काठमाडौं र सुर्खेतमा पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिइएको छ ।

सेनाले उपलब्ध विभिन्न खाले २०० डुंगाको व्यवस्था गरेको छ । सेनाका चितवन र काठमाडौंको सुन्दरीजलमा विपद् व्यवस्थापन गण तैनाथ छन् । 

विभिन्न पृतनामा आवश्यक जनशक्ति त्यहाँबाट तत्काल खटिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ । 

कोभिड–१९ को प्रकोपको विद्यमान अवस्थालाई दृष्टिगत गरी सेनाले स्वास्थ्यका सवै मापदण्ड पूरा गरेर काम गर्नुपर्ने भएकाले सम्भव भएसम्म पालनामा पनि ध्यान पुर्‍याउने छ । सेनाका जनशक्तिमध्ये ५० हजारले पहिलो र २७ हजारले दोस्रो मात्रका खोप लगाइसकेका छन् ।

जनशक्ति खटाउँदा भरसक खोप लगाएकालाई प्राथमिकता दिने बताइएको छ । – नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x