०३ असार २०८३, बुधबार

खोलाले बगाएर एकको मृत्यु

खोलाले बगाएर एकको मृत्यु

 खोलाले बगाउँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका वडा नम्बर ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।

भुतही बलान खोलापारी स्थित खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा बाढीले सन्तोषलाई बगाउँदा मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्