०१ साउन २०८३, शुक्रबार

बाढीले बगायो कास्कीको सुपर मादी हाइड्रोका संरचना

बाढीले बगायो कास्कीको सुपर मादी हाइड्रोका संरचना

केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाईड्रोमा क्षती पुर्याएको छ । मंगलवारको बाढीले निर्माणाधीन ४४ मेगावाटको सुपर मादी हाईड्रोको हेडबक्स, पावरहाउस लगायतमा क्षति पुर्याएको हो ।

सुपर मादी हाईड्रोका अध्यक्ष पुष्पज्वोति ढुंगानाका अनुसार कामदारको आवास एरिया लगायतमा पनि क्षती पुगेको छ ।
बाढीले एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसि प्लान्ट, हेभि जेनेरेटर लगायत पावरहाउस एरियामा क्षति पुर्याएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो आयोजनाले आगामी चैत्रमा परीक्षण उत्पादन शुरु गर्ने लक्ष राखेको थियो ।

बाढीले संरचना बगाएपछि निर्माण अवधि लम्बिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्