३१ जेठ २०८३, आइतबार

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती बिक्री

असार ३, २०७८
सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती बिक्री
प्रतिकात्मक तस्वीर

सर्लाहीका बजारमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।

स्थानीय किसानको बगैंचामा फलेको आँप असारको तेस्रो हप्तापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरू गरेका हुन् ।

भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरू जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दी लगायतका बजारका साथै गाउँगाउँमा समेत बिक्रीवितरण भइरहेको स्थानीय रमेश अधिकारीले बताए ।

विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताए । उनका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उनको छोरा २/३ दिनदेखि बिरामी परेको छ । ९ वर्षीय छोरा श्रीजलमा झाडापखाला तथा बान्ताको समस्या देखिएको उनले बताए ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा. प्रगति राना मगरको भनाइ छ । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्