२५ असार २०८३, बिहीबार

महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
फाइल फोटो

पार्टीको चौधौँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक तय भएको केन्द्रीय सदस्य डा. डीला संग्रौलाले लोकान्तरलाई जानकारी दिइन् ।

उनका अनुसार महाधिवेशनको तयारी नै आजको बैठकको मुख्य विषय हुनेछ । 

कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीका विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति प्रकाशित गरी तोकिएको समयमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्