
प्युठानको ऐरावती–१ माझीदमार र अर्घाखाँचीको शीतगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल बिहीवार भत्किएको छ । झिमरुक खोलामा निर्माणाधीन पक्की पुल भत्किएको स्थानीयले जनाएका छन् ।
७ करोड १२ लाख लागतमा निर्माण कार्य भइरहेको ७० मिटर लामो मोटरेबल पुल झिमरुकमा आएको बाढीले भत्काएको हो ।
सडक डिभिजन कार्यालय प्युठानका अनुसार पुलको आधा भाग भत्किएको छ ।