काठमाडौं महानगरपालिकाले प्राकृतिक प्रकोपको चपेटामा परेको मेलम्ची नगरपालिकालाई २ करोड नगद सहयोग गर्ने भएको छ ।
बिहीवार भएको काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले आफ्नो मितेरी सम्बन्ध रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड सहयोग गर्ने निर्णय गरेको कार्यकारी अधिकृत राजेश ज्ञवालीले जानकारी दिए ।
प्राकृतिक प्रकोपले गरेको क्षतिबाट राहत र पुनःस्थापनका लागि २ करोड नगद सहयोग गर्ने निर्णय भएको उनले बताए ।
मंगलवार राति आएको बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची बजारका झण्डै १ सय घरमा क्षति पुगेको छ ।