
काठमाडौं, २२ जेठ — भारतीय कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीले आइतवार आरएसएस र बीजेपीसँग भिड्नका लागि उपनिषद् र भगवद्गीता पढिरहेको बताएका छन् ।

चेन्नईमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राहुलले भने, ‘आजकल म उपनिषद् र गीता अध्ययन गरिरहेको छु किनकि म आरएसएस र बीजेपीसँग लड्दैछु ।’
‘म आरएसएसका मान्छेलाई भन्छु, तिमीहरू मान्छेलाई दमन गर्दैछौ तर उपनिषदमा सबै समान हुन् लेखिएको छ अनि तिमीहरू धर्मविरुद्ध किन गइरहेका त ?’ उनले यसो भनेको भनी पार्टीका स्रोतले बताए ।
बीजेपीले आधारभूत रूपमा इन्डियालाई नबुझेको र आरएसएसको मुख्यालय नागपुर मात्र थाहा पाउने राहुलको आरोप छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीप्रति व्यंग्य गर्दै उनले संसारभरिको ज्ञान प्रधानमन्त्रीबाटै आउँछ भन्ने बीजेपीका मान्छेलाई लागेको बताए ।
आरएसएसले सबैतिर एउटै भाषा र धर्म लाद्न खोजेको आरोप लगाउँदै आफूले सबै भाषा र धर्मको सम्मान गर्ने पनि उनले बताए ।
एनडीटीभीबाट