२२ असार २०८३, सोमबार

सानेपामा शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक

सानेपामा शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक

पार्टीको चौधौं महाधिवेशनको तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार अपराह्न बैठक शुरू भएको केन्द्रीय सदस्य डा. डीला संग्रौलाले लोकान्तरलाई जानकारी दिइन् । 

बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टी कार्यालयमै छलफल गरेका थिए । 

कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ ।

आजको बैठकले कार्यतालिका कार्यान्वयनबारे केही निर्णय लिने अपेक्षा गरिएको छ । 

कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीको विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति प्रकाशित गरी तोकिएको समयमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्