२१ जेठ २०८३, बिहीबार

काठमाडौं महानगरमा ‘एक वडा, एक नमूना विद्यालय’

असार ३, २०७८
काठमाडौं महानगरमा ‘एक वडा, एक नमूना विद्यालय’

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कामपाले बिहीवार आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ ।

कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकूल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति पनि लिएको छ । 

‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाका अतिरिक्त प्रोत्साहनस्वरूप मासिक रु. हजार उपलब्ध गर्ने भएको छ । कामपा क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरभित्रका प्रत्येक विद्यालयमा ४ कक्षादेखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिने छ ।’ 

सबै विद्यालयमा पूर्व प्राथमिक तहदेखि ८ कक्षासम्म स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइने तथा  नेपाल भाषाको विकास र प्रवद्र्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत् कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्