×

NMB BANK
NIC ASIA

अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा

असार ४, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

मनसुन सक्रिय भएसँगै केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा ल्याइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सडक विभागका अनुसार बाढीपहिरोका कारण अहिलेसम्म ३१ ठाउँमा सडक अवरुद्ध भएकोमा १८ ठाउँमा पुनः सञ्चालनमा ल्याइएको हो । जसमध्ये तीन ठाउँमा दुईतर्फी र १५ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । अवरुद्ध १३ ठाउँमा अवरोध हटाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग कार्कीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिर्देशक थापाका अनुसार, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर जिल्लाको गैँडाकोट धुम्सी खण्ड, पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मुग्लिन खण्डमा र राप्ती राजमार्गअन्तर्गत सल्यानको शङ्खमूल भन्ने ठाउँमा पहिरो हटाई राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको पिपलडाँडा भन्ने ठाउँमा, कर्णाली राजमार्गअन्तर्गत दैलेखको बाँगेसिमल–कालाखाला सडकखण्ड र कालाखाला–सैन सडकखण्ड र दरबारे–बोटखाला सडकखण्ड र खोड्पे–चैनपुर राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोड भन्ने ठाउँको अवरोध हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

Vianet communication
Laxmi Bank

त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत कालीमाटी सिसुवा भन्ने ठाउँमा, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकअन्तर्गत कालीकोटको बालीघाट धनाडा भिग्म भन्ने ठाउँ, तानसेन–रिढी–कोरला राजमार्गअन्तर्गत पाल्पाको ढुङ्गाखानी भन्ने ठाउँ, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको ड्याम साडट र राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट भन्ने ठाउँको अवरोध हटाई सडक एकतर्फी सञ्चालनमा ल्याइएको महानिर्देशक थापाले जानकारी दिए ।

त्यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पर्वतको सहस्रधारा भन्ने ठाउँ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको धुम्सी भन्ने ठाउँ, खोड्पे–चैनपुर राजमार्गअन्तर्गत बझाङको दुम्री खोला भन्ने ठाउँ, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको गौँडेपुल भन्ने ठाउँ र मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको पानीटङ्की भन्ने ठाउँको अवरोध हटाई एकतर्फी रूपमा सडक पुनः सञ्चालनमा ल्याइएको छ ।

बाढीपहिरोले अवरुद्ध भएका ठाउँमा अवरोध हटाउने प्रयास भइरहेको छ । विभागका महानिर्देशक थापाका अनुसार साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत बाजुराको बार्जुगाड, बल्दे–अम्कोट भन्ने ठाउँ, डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको तिमाङ छहरा भन्ने ठाउँ, साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत बाजुराको हड्डे खोला, रिला र बलेना भन्ने ठाउँको सडक अवरुद्ध छ ।

त्यसैगरी पाँचखाल मेलम्ची टिम्बु सडकअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजार, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बागलुङ नगरपालिकाको बोक्से भन्ने ठाउँ, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ भन्ने ठाउँमा आएको पहिरो हटाई सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

खोड्पे–चैनपुर सडकअन्तर्गत बझाङको कलाची र तमैल भन्ने ठाउँमा, भेरी करिडोरअन्तर्गत सुर्खेतको पोखरे भन्ने ठाउँ, मूर्तिया–गुलरिया–भुरीगाउँ–तेलपानी–सुर्खेत–माथिल्लो डुङ्गेश्वर–बैक–बयुली नागमा सडकखण्डअन्तर्गत दैलेखको बाँद्रे भन्ने ठाउँ, कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको सत्तरी भन्ने ठाउँ, सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत दैलेखको गुराँसे भन्ने ठाउँमा भएको अवरोध हटाई सडक सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी, उनका अनुसार डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको तिमाङ खोला, धारापानी, बगरछाप र लमजुङको रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला भन्ने ठाउँको अवरोध हटाई सडक सञ्चालनको तयारी भइरहेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x