१९ असार २०८३, शुक्रबार

ढुंगागिट्टी निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

ढुंगागिट्टी निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

आगामी आर्थिक वर्षदेखि मापदण्ड अनुसारको ढुंगागिट्टी निकासी खुला गर्ने सरकारको तयारीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा शुक्रवार सुनुवाइ हुन लागेको हो । बजेटमार्फत सरकारले ढुंगागिट्टी निकासी गर्ने कार्यक्रम ल्याएको थियो । 

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ हुन लागेको हो ।

खानी विभागले बनाएको मापदण्डअनुसार गिट्टी ढुंगा निकासी गर्ने कार्यक्रम साउनदेखि कार्यान्वयनमा आउने बजेटमा समावेश छ ।
 

salt training

कमेन्ट गर्नुहोस्