१० साउन २०८३, आइतबार
गण्डकी प्रदेश सभा बैठक

मुख्यमन्त्री पोखरेलप्रति एमाले सांसदको व्यंग– वृद्धभत्ता खाने उमेरमा प्रदेश प्रमुखको कार्यालय अगाडि जात्रा देखाउनु भयो !

मुख्यमन्त्री पोखरेलप्रति एमाले सांसदको व्यंग– वृद्धभत्ता खाने उमेरमा प्रदेश प्रमुखको कार्यालय अगाडि जात्रा देखाउनु भयो !

गण्डकी प्रदेशमा नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले बुद्धभत्ता खाने उमेरका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखको कार्यालय अगाडि गएर धर्ना दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा सांसद थापाले नयाँ सरकार गठन भएपछि अनिष्ट शुरु भएको समेत टिप्पणी गरेका हुन् । 

‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे कपाल फुलेको छ, मनमोहन अधिकारीले १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । बृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ’ थापाले भने । यसअघि मुख्यमन्त्री नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए । 

सांसद् थापाले सरकार गठनका लागि निर्णायक मानिएका दीपक मनाङे प्रतिपनि कटाक्ष गरे । ‘सन् ८० को दशकमा विहारमा गुण्डाका नाइके सांसद भएपछि कवि धु्रवीरले कतिवा लेखेका थिए, न कुनै प्रजा न तन्त्र, मान्छेले मान्छे विरुद्ध गर्ने षडयन्त्र हो । यहाँ अहिले त्यस्तै भएको छ’ थापाले भने । 

सांसद थापाले सपनामा पनि यो सरकारलाई समर्थन गर्न नसक्ने बताए । 

विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । 

‘सदनलाई विघटन तर्फ जान नदिनको लागि र सदनको स्थायित्वको लागि हाम्रो गठबन्धनका साथीहरुले त मलाई विश्वासको मत दिनुहुन्छ, देव्रेतिर बस्ने –विपक्षी एमाले) साथीहरुसँग पनि समर्थनको लागि आग्रह गर्छु’ पोखरेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्