२० असार २०८३, शनिबार

यी व्यक्तिले कोभिडको रकम दुरुपयोग गरेर किने विलासी कार

असार ४, २०७८
यी व्यक्तिले कोभिडको रकम दुरुपयोग गरेर किने विलासी कार

अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक व्यक्तिले कोरोनाभाइरसबाट राहतका लागि दिइएको ५० लाख डलर रकम विलासी कार खरिद गर्नका लागि खर्च गरेका छन् । 

त्यो रकमले उनले महंगो ठाउँमा छुट्टी बिताउने अनि फरारी, बेन्ट्ली र लाम्बोर्गिनी जस्ता कार किन्ने काम गरेको अभियोजनकर्ताहरूले बताए । 
 

मुस्तफा कादिरी नामक ती व्यक्तिलाई पेचेक प्रोटेक्सन प्रोग्राममा धोकाधडी गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ । उक्त कार्यक्रम सन् २०२१ मा साना व्यवसायीहरूलाई कोभिड महामारीका बेलामा सहयोग गर्नका लागि दिइएको थियो । 
 

कादिरीले अर्कैको नाम, सामाजिक सुरक्षा नम्बर र हस्ताक्षर चोरेर ऋणका लागि निवेदन दिएको पनि अभियोजकर्ताहरूले बताएका छन् । 

संघीय एजेन्टहरूले विलासी कारहरू बरामद गरेका छन् र कादिरीको बैंक खाताबाट लगभग २० लाख डलर जति रकम पनि बरामद गरेका छन् । 

उनको मुद्दा जुन २९ मा सुनुवाइ गरिने भएको छ । उनलाई एक लाख डलरको धरौटीमा रिहा गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्