०३ असार २०८३, बुधबार

सिए विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै आइक्यान, आन्दोलित भए विद्यार्थी

कात्तिक २०, २०७४
सिए विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै आइक्यान, आन्दोलित भए विद्यार्थी

काठमाडौं, २२ जेठ - नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था आइक्यानले आगामी दिनदेखि विदेशी चार्टर्ड एकाउन्टेन्ट् संस्थाहरुबाट चार्टर्ड एकाउन्टेन्ट् उत्तीर्ण सिएहरुलाई आइक्यानको सदस्यता नदिने प्रस्ताव आइक्यानको काउन्सीलमा पेश गरेको छ ।

२०७४ जेठ ७ को दिन उक्त प्रस्ताव काउन्सीलमा पेश गरिएको थियो । यस प्रस्ताव माथि काउन्सील सदस्यहरुले आफ्ना धारणा पेश गरेका छन् । उक्त प्रस्ताव गुपचुप रुपमा काउन्सीलको बैठकमा लगेको थाहापाएपछि भारतमा अध्ययनरत नेपाली सिए विद्यार्थी एंव चार्टर्ड एकाउन्टेन्ट्हरुले विरोध पर्दशन गरेका थिए ।

तीन सय जना सिए तथा सिए विद्यार्थीहरुको सहभागितामा गरिएको विरोध प्रर्दशनपछि आइक्यानका पदाधिकारीहरुले भने तत्काल केही निर्णय नगरको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै भारतमा सिए अध्यनरत नेपाली विद्यार्थीहरुले समेत भारतको लक्ष्मीनगरमा विरोध प्रर्दशन गरेका थिए।

आन्दोलनका एक नेतृत्वकर्ता सिए विद्यार्थी संजिब तिमिल्सीनाले आइक्यान आफ्नो दायार घटाउन संकुचित निर्णय गर्न लागेको आरोप लगाए।

‘दक्ष जनशक्ति विदेशमा अध्ययन गरेर नेपाल फर्कनु राष्ट्रको हितमा छ, तर, यो प्रस्ताव पारित भएमा नेपालको अर्थतन्त्रका साथै समग्र राष्ट्रलाई समेत हित गर्दैन’ तिमल्सीनाले भने।

गुणस्तरियताको आधारमा शैक्षिक संस्थाहरुको मूल्यांकन गर्नु पर्नेमा क्षणिक आवेग आइक्यान काउन्सीलमा यो प्रस्ताव आएकोले आन्दोलनमा उत्रन बाध्य भएको तिमल्सीना बताउछन्।

उनले विश्वव्यापीकरणको युगमा गुणस्तरीय शिक्षा र दक्षता हाशिल गर्न विश्वको जुनसुकै कुनामा गइ अध्ययन गर्ने अधिकार नेपालको कानुनले दिइएता पनि कुन्ठित गर्ने प्रयास गरेका बताए।

यस्तो गम्भिर विषयमा सरोकारवालाहरुसंग छलफल नगरी गुपचुप निर्णय गरीनु आश्चर्यको कुरा भएको आन्दोलनका अर्का नेतृत्वकर्ता एंव नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पदम भट्टराई बताउछन्।

‘आइक्यानको काउन्सीलमा मा आएको यो प्रस्ताव नेपालको संविधान, नेपालको अन्तराष्ट्रिय सम्वन्ध र नेपाली विद्यार्थीले प्राप्त गर्ने दक्षताको त्रिकोणात्मक सम्वन्ध राखेको छ, यी कुनै पनि विषयलाई अध्ययन नगरी अनावश्यक निर्णय गर्नु मुर्खता हो’ भट्टराईले भने।

उनले आइक्यानको यो निर्णय विरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको जिकीर गरेका छन्। ‘हाम्रो आन्दोलन आइक्यानको बिरुद्धमा नभएर काउन्सीलमा विचारधिन प्रस्तावको विपक्षमा हो’ भट्टराइले भने। भारतीय वोर्डसंग परस्पर मान्यताका लागि आजसम्म कुनै ठोस पहल नचालेको यदि चालेको भए त्यसलाई पारदर्शीरुपमा सरोकारवालाहरु बीच सार्वजनिक गर्न माग गरे।

त्यस्तै सिए दिपक पाण्डे, लिलाराज बराल, राजु ढकाल लगायतले यो प्रस्ताव गलत भएको र कुनै पनि हालतमा पास गर्न नहुने बताए। यो प्रस्तावको विरुद्ध शातदोबाटोमा भएको विरोध कार्यक्रमको संचालन सिए विद्यार्थी आशिष रानाभाटले गरेका थिए।

आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापाले प्रस्ताव काउन्सीलमा आएको स्वीकार गर्दै यस उपर छलफल भएको तथा निर्णय नगरिएको बताए। उनले भने 'यो विषयमा हामीले छलफल गरिरहेका छौ के गर्ने भन्ने विषयमा निर्णय भएको छैन'। त्यसपश्चात विद्यार्थीहरुले आइक्यानमा लगाएको ताला खुलाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्