१९ असार २०८३, शुक्रबार

लन्डन आक्रमणमा संलग्न व्यक्तिको पहिचान आफूलाई थाहा भएको प्रहरीको भनाइ

कात्तिक २०, २०७४
लन्डन आक्रमणमा संलग्न व्यक्तिको पहिचान आफूलाई थाहा भएको प्रहरीको भनाइ

काठमाडौं, २२ जेठ — लन्डनमा शनिवार राति भएको आक्रमणको अनुसन्धान गरिरहेको प्रहरीले तीनजना आक्रमणकारीको पहिचान थाहा पाएको बताएका छन् । आक्रमणमा सातजनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।


मेट्रोपोलिटन प्रहरीले उनीहरूको नाम सम्भव भएसम्म छिट्टै प्रकाशित गर्ने बताएको छ ।

आक्रमणकारीहरूले स्थानीय समयअनुसार राति १० बजे लन्डन ब्रिजमा मान्छेमाथि गाडी जोतेका थिए भने बरो मार्केटमा कैयौंलाई छुरा हानेका थिए । उनीहरूलाई प्रहरीले गोली हानी मारेको थियो ।

इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।

प्रहरीले सोमवार बिहान पूर्वी लन्डनका दुईवटा ठेगानामा खानतलास गरेको बताएको छ ।

बार्किङ नामक ठाउँबाट आइतवार १२ जनालाई पक्राउ गरिएको थियो । एक आक्रमणकारी त्यहाँको एक फ्ल्याटमा बसेको अनुमान गरिएको छ । एक ५५ वर्षीय व्यक्तिलाई कुनै अभियोग नलगाइकन रिहा गरिएको छ ।

सोमवार बिहान लन्डन ब्रिज रेल र ट्युब स्टेसन खुल्ला गरिएको छ । ब्रिज र वरिपरिका सडक पनि अहिले खुल्ला गरिएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्