तिलगंगा आँखा प्रतिष्ठानद्वारा हेलम्बु र मेलम्चीका बाढीपीडितलाई सहयोग

तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रुइत फाउन्डेशनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत सामग्री सहयोग गरेको छ ।
प्रतिष्ठानका प्रमुख वित्त अधिकृत रामचन्द्र खनाल नेतृत्वमा गएको टोलीले हेलम्बु गाउँपालिका २ का अध्यक्ष छिरिङ ग्याल्बु लामालाई राहत सामग्री र मेलम्चीका वडाध्यक्ष रुद्र दुलाललाई एन्टिजेन किट हस्तान्तरण गरेको हो ।

हेलम्बुमा सहयोग गरिएको राहत सामग्रीमा चामल, गेडागुडी, दाल, आँटा, नुन, चिनी, चिउरा, मसला तेललगायत रहेका छन् ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्