१४ असार २०८३, आइतबार

महाकाली लगायतका नदीमा बहाव बढ्दो, खतरा तहसम्म आउने भन्दै सतर्कता अपनाउन आग्रह

महाकाली लगायतका नदीमा बहाव बढ्दो, खतरा तहसम्म आउने भन्दै सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँहरूमा बाढी आउने क्रम शुरू भएको छ । 

आइतवार महाकाली र अन्य नदीहरूमा पानीको बहाव बढेको छ । 

मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले महाकाली नदीमा पानीको बहाव बढ्ने र सतर्कता तह पार गरि खतरा तहमा आइपुग्न सक्ने जनाएको छ ।

महाशाखाले आइतवार सूचना जारी गर्दै यसका ससाना सहायक नदीमा बहाव बढ्ने समेत जनाएको छ ।

महाशाखाले उक्त क्षेत्रका ससाना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्