१९ असार २०८३, शुक्रबार

भारतमा २४ घण्टामा ५८ हजार नयाँ संक्रमित थपिए, १५३७ को मृत्यु

असार ६, २०७८
भारतमा २४ घण्टामा ५८ हजार नयाँ संक्रमित थपिए, १५३७ को मृत्यु

भारतमा बितेको २४ घण्टामा ५८ हजार बढी नयाँ संक्रमित पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप ५८ हजार ५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै ८७ हजार ४९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा १५३७ जनाले ज्यान गुमाएका छन् ।

भारतमा बितेको ८१ दिनको अवधिमा सबैभन्दा कम संक्रमण पुष्टि भएको हो । यसअघि मार्च ३० मा भारतमा ५३ हजार २३७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा हालसम्म २ करोड ९८ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने तीमध्ये २ करोड ८७ लाख निको भएका छन् । यस्तै ३ लाख ८६ हजार जनाको मृत्यु हुँदा देशभर अहिले ७ लाख २४ हजार उपचाररत छन् ।

salt training

कमेन्ट गर्नुहोस्