
पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति तप्तबहादुर विष्टको निधन भएको छ ।
विष्टको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् ।
‘पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको छु । तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु’ देउवाले भनेका छन् ।
विष्ट दोस्रो संविधानसभामा सभासद थिए ।