×

NMB BANK
NIC ASIA

युरो कपको ग्रुप एफ बन्यो रोचक, सबै टीमको सम्भावना बराबर

असार ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तीनपटक युरो कप जितिसकेको जर्मनीले शनिवार पोर्चुगललाई हराएपछि ग्रुप एफ रमाइलो मोडमा आइपुगेको छ । 

Muktinath Bank

फ्रान्ससँग हारेर रन्थनिएको जर्मनीलाई यस जीतले ठूलो रहात दिएको छ र हंगेरीसँगको खेलका लागि आत्मविश्वास बढाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जीतसँगै जर्मनी ग्रुपमा दोस्रो स्थानमा छ र शीर्ष स्थानमा रहेको फ्रान्सभन्दा एक अंक मात्र कम छ । पोर्चुगलसँग जर्मनीको समान अंक छ । 


Advertisment
Nabil box
Kumari

ग्रुप एफलाई ग्रुप अफ डेथ भनिएको छ किनकि प्रत्येक टोलीले दुई खेल खेलिसकेको भए पनि कुनै पनि टीम राउन्ड अफ १६ का लागि छनोट भएका छैनन् । अन्तिम खेलको नतिजा नआउन्जेल कुन टीम माथि जाने हो भन्ने टुंगो लाग्ने छैन । 
 

Vianet communication
Laxmi Bank

पोर्चुलगलले फ्रान्ससँगको खेल जितेमा सीधै माथि जानेछ । नत्र फ्रान्ससँग बराबरी भएमा अनि जर्मनी हंगेरीसँग हारेमा पनि पोर्चुगल माथि जानेछ । पोर्चुगल र जर्मनी दुवै हारेमा पोर्चुगल पुछारमा पुग्नेछ । 

फ्रान्ससँग चार अंक छ र पोर्चुगलसँग ऊ हारेन भने वा हंगेरी र जर्मनीबीचको खेल बराबरी भयो भने माथि जानेछ । पोर्चुगललाई हराएमा ऊ पहिलो हुनेछ । अनि बराबरी गरेमा चाहिँ जर्मनीले हंगेरीलाई हराएन भने मात्र माथि जानेछ । फ्रान्सले हारेछ अनि हंगेरीले जितेछ भने दोस्रो स्थानमा रहने टोली गोल अन्तरको आधारमा छानिनेछ । 

जर्मनीको तीन अंक छ र हंगेरीलाई हराएमा ऊ सीधै माथि जानेछ । बराबरी गरेछ भने फ्रान्स पोर्चुगलसँग नहारे मात्र जर्मनी माथि जानेछ । जर्मनीले हंगेरीविरुद्धको खेल जित्यो र फ्रान्सले पोर्चुगललाई हराएन भने जर्मनी पहिलो हुनेछ । तर बराबरी गरेछ र फ्रान्सले हारेछ भने जर्मनी तेस्रो स्थानमा हुनेछ । जर्मनी र पोर्चुगल दुवै हारेछन् भने पनि जर्मनी तेस्रो स्थानमा रहनेछ । 
 

हंगेरीको एक अंक छ । उसले जर्मनीलाई हराएछ र पोर्चुगल पनि हारेछ भने दोस्रो स्थानमा पुग्नेछ । उसले जितेछ र फ्रान्सले हारेछ भने गोल अन्तरका आधारमा दोस्रो स्थान निर्धारण हुनेछ । हंगेरीले जर्मनीलाई हराएछ र फ्रान्स तथा पोर्चुगलबीचको खेल बराबरीमा टुंगिएछ भने हंगेरी तेस्रो स्थानमा रहनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x