०७ साउन २०८३, बिहीबार

युरो कपको ग्रुप एफ बन्यो रोचक, सबै टीमको सम्भावना बराबर

असार ६, २०७८
युरो कपको ग्रुप एफ बन्यो रोचक, सबै टीमको सम्भावना बराबर

तीनपटक युरो कप जितिसकेको जर्मनीले शनिवार पोर्चुगललाई हराएपछि ग्रुप एफ रमाइलो मोडमा आइपुगेको छ । 

फ्रान्ससँग हारेर रन्थनिएको जर्मनीलाई यस जीतले ठूलो रहात दिएको छ र हंगेरीसँगको खेलका लागि आत्मविश्वास बढाएको छ । 

जीतसँगै जर्मनी ग्रुपमा दोस्रो स्थानमा छ र शीर्ष स्थानमा रहेको फ्रान्सभन्दा एक अंक मात्र कम छ । पोर्चुगलसँग जर्मनीको समान अंक छ । 

ग्रुप एफलाई ग्रुप अफ डेथ भनिएको छ किनकि प्रत्येक टोलीले दुई खेल खेलिसकेको भए पनि कुनै पनि टीम राउन्ड अफ १६ का लागि छनोट भएका छैनन् । अन्तिम खेलको नतिजा नआउन्जेल कुन टीम माथि जाने हो भन्ने टुंगो लाग्ने छैन । 
 

पोर्चुलगलले फ्रान्ससँगको खेल जितेमा सीधै माथि जानेछ । नत्र फ्रान्ससँग बराबरी भएमा अनि जर्मनी हंगेरीसँग हारेमा पनि पोर्चुगल माथि जानेछ । पोर्चुगल र जर्मनी दुवै हारेमा पोर्चुगल पुछारमा पुग्नेछ । 

फ्रान्ससँग चार अंक छ र पोर्चुगलसँग ऊ हारेन भने वा हंगेरी र जर्मनीबीचको खेल बराबरी भयो भने माथि जानेछ । पोर्चुगललाई हराएमा ऊ पहिलो हुनेछ । अनि बराबरी गरेमा चाहिँ जर्मनीले हंगेरीलाई हराएन भने मात्र माथि जानेछ । फ्रान्सले हारेछ अनि हंगेरीले जितेछ भने दोस्रो स्थानमा रहने टोली गोल अन्तरको आधारमा छानिनेछ । 

जर्मनीको तीन अंक छ र हंगेरीलाई हराएमा ऊ सीधै माथि जानेछ । बराबरी गरेछ भने फ्रान्स पोर्चुगलसँग नहारे मात्र जर्मनी माथि जानेछ । जर्मनीले हंगेरीविरुद्धको खेल जित्यो र फ्रान्सले पोर्चुगललाई हराएन भने जर्मनी पहिलो हुनेछ । तर बराबरी गरेछ र फ्रान्सले हारेछ भने जर्मनी तेस्रो स्थानमा हुनेछ । जर्मनी र पोर्चुगल दुवै हारेछन् भने पनि जर्मनी तेस्रो स्थानमा रहनेछ । 
 

हंगेरीको एक अंक छ । उसले जर्मनीलाई हराएछ र पोर्चुगल पनि हारेछ भने दोस्रो स्थानमा पुग्नेछ । उसले जितेछ र फ्रान्सले हारेछ भने गोल अन्तरका आधारमा दोस्रो स्थान निर्धारण हुनेछ । हंगेरीले जर्मनीलाई हराएछ र फ्रान्स तथा पोर्चुगलबीचको खेल बराबरीमा टुंगिएछ भने हंगेरी तेस्रो स्थानमा रहनेछ । 
 

कमेन्ट गर्नुहोस्