३१ असार २०८३, बुधबार

केही सुध्रियो अमेरिका रुस सम्बन्ध, रुसी राजदूत गए न्युयोर्क

असार ६, २०७८
केही सुध्रियो अमेरिका रुस सम्बन्ध, रुसी राजदूत गए न्युयोर्क

अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभ आइतवार मस्कोबाट न्युयोर्कतर्फ उडेका छन् । 

न्युयोर्कबाट उनी वाशिङटनस्थित दूतावास जानेछन् । 

बुधवार अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखरवार्तापछि राजदूत पुनः पठाउने विषयमा सहमति बनेको थियो । त्यसपछि राजदूतहरू आआफ्नो पोस्टमा चाँडै फर्किने घोषणा गरिएको थियो । 

केही महिनाअघि बाइडनले पुटिनलाई हत्यारा भनेपछि मस्कोले वाशिङटनस्थित राजदूतलाई फिर्ता बोलाएको थियो । 

अनि अप्रिल महिनामा रुसले अमेरिकी राजदूत जोन सलिभानलाई निकालेको थियो । 
 

सलिभान पनि छिट्टै मस्को फर्किने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्