०४ साउन २०८३, सोमबार

एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाइयो

एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाइयो
फाइल तस्वीर

 भारतको एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । 

उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आइतवार दिउँसो जानकारी दिएका छन् । 

खनालको स्वास्थमा उल्लेख्य सुधार आएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको उनले बताएका छन् । 

स्वकीय सचिव भट्टराईका अनुसार, उनमा लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ । 

पूर्व प्रधानमन्त्री खनालको थप स्वास्थ्य उपचारको क्रममा केही समय लाग्ने अस्पतालले जनाएको समेत भट्टराईले जनाएका छने ।

कमेन्ट गर्नुहोस्