०४ साउन २०८३, सोमबार
कोरोना अपडेट

१० हजार ९५६ परीक्षण गर्दा २ हजार ४४२ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

१० हजार ९५६ परीक्षण गर्दा २ हजार ४४२ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु
फाइल तस्वीर

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१० हजार ९ सय ५६ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकभर हालसम्म ६ लाख ४७ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

यसमध्ये हालसम्म ५ लाख ५६ हजार ७ सय ९८ जना उपचारपछि निको भएका छन् । आइतवार मात्रै ३ हजार ४ सय ५६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

आइतवार ५१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्