०८ असार २०८३, सोमबार

पृथ्वीका अन्तिम डाइनोसरहरूको पैतालाको छाप भेटियो

असार ६, २०७८
पृथ्वीका अन्तिम डाइनोसरहरूको पैतालाको छाप भेटियो

संसारबाट विलुप्त हुनुभन्दा केही पहिले घुम्ने डाइनोसरहरूको पैतालाको छाप बेलायतमा भेटिएपछि वैज्ञानिकहरू खुशी भएका छन् । 

केन्टको फोकस्टोनमा ६ प्रजातिका डाइनासोरको पाइला भेटिएको हो । 
 

जीवाश्मशेषविद्हरूका अनुसार, यी डाइनासोरहरू ११ करोड वर्ष पुराना हुन् । 
 

हेस्टिंग्स म्युजियम यान्ड आर्ट ग्यालरी र पोर्ट्समाउथ विश्वविद्यालयका अनुसन्धाताहरूले मिलेर यसको अध्ययन गरेका हुन् । 

केन्टमा तुफानी मौसमका कारण पत्थरहरूमा चर्को हावा चलेर पत्थरहरूमा समुद्रको लहरले ठक्कर दिने गर्छ । काई जमेका पत्थरहरूमा जीवाश्मशेषहरू निस्कन थालेका हुन् ।
 

पोर्ट्समाउथ विश्वविद्यालयमा पेलियोबायोलोजीका प्राध्यापक डेभिड मार्टिलले पहिलोपटक फोकस्टोनमा डाइनोसरको पाउको निशान भेटिएको बताए । यो निकै महत्त्वपूर्ण खोज भएको उनको दाबी छ । 

त्यहाँको माटो नरम हुँदा डाइनासोरको पैतालाको निशान बनेको हो । पछि त्यो माटो दह्रो भए पत्थर बन्यो । तर पत्थरमा पनि निशान स्थायी बनेर बस्यो । 

पत्थरहरूमा फरक फरक प्रजातिका डाइनासोरको पाइला भेटिएको छ । अर्थात् ११ करोड वर्षपहिले क्रेटासियस कालमा दक्षिण बेलायत उनीहरूको गढ थियो । 

पाइला हेर्दा त्यतिखेर एंकिलोसरस घुम्ने गरेका पाइयो । तिनीहरू विशालकाय हुन्थे । 
 

salt training

कमेन्ट गर्नुहोस्