३२ असार २०८३, बिहीबार

कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

असार ६, २०७८
कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ ।

कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।
 
कोषले आइतवार एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढी प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो ।
 
असामान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ भने सापटी रकम २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्