२५ असार २०८३, बिहीबार

नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

असार ६, २०७८
नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकोमा हटाइएको छ । 

खनाललाई थप उपचारका लागि असार २ गते नयाँदिल्ली लगिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्