१४ असार २०८३, आइतबार

महाकाली नदीको जल सतह खतराको संकेत पार

असार ६, २०७८
महाकाली नदीको जल सतह खतराको संकेत पार

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको संकेत पार गरेको छ ।

डडेल्धुराको परशुराम धाममा रहेको परशुधाम गेज स्टेसनका अनुसार महाकाली नदीको जलस्तर ७ मिटर रहेको छ । सामान्यतया ६.८० मिटर भएमा खतराको तह मानिन्छ ।

महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ ।

विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका–६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।

महाकाली नदीमा जलस्तर बढेपछि  डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ ।

आइतवार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्