०८ असार २०८३, सोमबार

आजको मौसमः देशका धेरै स्थानमा वर्षा

आजको मौसमः देशका धेरै स्थानमा वर्षा

सोमबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा पनि रहेको छ।
महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । जसका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १ का एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्