०३ असार २०८३, बुधबार

कनकाई, कमला लगायतका नदीहरूमा पानीको बहाव घटबढ हुने

कनकाई, कमला लगायतका नदीहरूमा पानीको बहाव घटबढ हुने

अविरल वर्षाका कारण कनकाई, कमला लगायतका नदीहरूमा वहाव घटबढ हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले एक बुलेटिन जारी गर्दै यी नदी आसपासका क्षेत्रहरूमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । 

बहाव घटबढ भएपनि सबैमा बहाव सतर्कता तहभन्दा तल नै हुने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार,आज देशका प्रमुख तथा मझौला नदी कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य घटबढ हुने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्