संसारका अधिकांश भागमा पितृसत्तात्मक समाज भेटिन्छन् । राजनीतिक, आर्थिक, सामाजिक संसाधनमा पुरुषहरूकै दबदबा हुनाले महिलाहरूले निजी जीवनदेखि लिएर व्यावसायिक जीवन सबैतिर दब्नुपरेको हुन्छ ।
तर युरोपमा रहेको एक टापुमा पूर्णतः मातृसत्तात्मक समाज छ । एस्टोनिया भन्ने देशमा रहेको बाल्टिक सागरको किह्नु टापुमा चारवटा गाउँ छन् । त्यहाँ लगभग एक हजारजना बस्छन् ।
त्यहाँ संसारभरिका पर्यटकहरू घुम्न आउँछन् र त्यहाँको पर्यटन व्यवसाय महिलाहरूले नै चलाउँछन् ।
किह्नुलाई युरोपको अन्तिम मातृसत्तात्मक समाज मानिन्छ । त्यहाँ १९औं शताब्दीतिरैबाट पुरुषको संख्या घट्न थालेको थियो । माछा मार्न जाने र शिकारमा जाने भएकाले पुरुषहरू घरबाट टाढै बस्ने गर्छन् ।
एकदमै कम समय उनीहरू टापुमा बस्ने हुनाले उनीहरूको प्रासंगिकता सकिएको छ । त्यहाँ पुरुष कम हुँदै र्गपछि महिलाले नै सबैथोक चलाउन थालेका छन् ।
महिलाहरू त्यहाँ बालबालिकाको पालनपोषणका साथै कृषि, परम्परागत सिलाइबुनाइ र हस्तशिल्प जस्ता काम गर्छन् । विभिन्न सामाजिक संस्कारहरू पनि उनीहरूले नै गर्छन् ।
टापुको पहिलो प्राथमिकता बच्चाबच्ची, त्यसपछि समुदाय अनि मात्र पुरुष हुन् ।
महिलाहरूले खेती, बच्चाको लालनपालन र दैनिक जीवका जिम्मेवारीहरू सन्तुलन मिलाएर गर्छन् ।
पुरुष नहुँदा यहाँ झैझगडा, तनाव, लडाइँ र मारकाट केही पनि छैन ।
यस टापुलाई युनेस्को कल्चरल हेरिटेज अफ ह्युमानिटी लिस्टमा पनि संलग्न गरिएको छ ।