०९ असार २०८३, मंगलबार

जब बिशालको घाँटीबाट ब्रस छिर्‍यो...

असार ७, २०७८
जब बिशालको घाँटीबाट ब्रस छिर्‍यो...

रूपन्देहीको कञ्चन गाउँपालिका (रुद्रपुर) का २४ वर्षिय बिशाल केसी आइतबार बिहान उठेर दाँत माझ्दै थिए ।

एक्कासी ब्रस घाँटीबाट पेटतिर छिर्‍यो । उनी आत्तिए । डराए । नजिकैको मेडिकलमा गएर एक्सरे गरे । एक्सरे गर्दा केही देखिएन । बिरामीलाई झन पछि झन दुखाई बढ्दै गयो । घरपरिवार पनि आत्तिए । उनलाई तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो ।

बुटवल अस्पतालमा ल्याएर इन्डोसकोपी गरियो । इन्डोसकोपी गर्दा उनको खाना नलीमा ब्रस अड्किएको देखियो । त्यसपछि प्रदेशिक अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञको टीम शल्यक्रिया गरी उनको अड्किएको ब्रस निकाल्न कँस्सिए । 

बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको स्वास्थ्यकर्मीको टोलीले सफल अप्रेशसन गरी उनको ब्रस घाँटीबाट निकाल्न सफल भयो । चिकित्सकको टोलीले बिरामीको घाँटीबाटै १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो । डा.शर्माले यस्ता घटना बिरलै हुने गरेको बताए ।  

डा. शर्माले भने, ‘इन्डोस्कोपी गर्दा खाना खाने नलीमा छातीको बीच भागमा अड्किएको देखियो । त्यसपछि बिरामीको अवस्थाको बारेमा आफन्तलाई जानकारी गराएर बिना चिरफार शल्यक्रिया गरिएको हो ।’

चिकित्सहरुका अनुसार उनको शल्यक्रिया जटिल त थियो ।

घाँटीबाट छिरेको ब्रस छातीको बीचभागमा पुगिसकेको भए त्यो पेटसम्म पनि पुग्न सक्थ्यो, या आन्द्रा छेडेर शरीर भित्रै आन्द्रा बाहिर पनि जानसक्थ्यो । यो सबै कुरा बिरामीका आफन्तलाई ब्रिफिङ् गराएर ब्रस निकाल्न सुरु गरिएको डा. शर्माले बताए ।

सोही अनुसार बिरामीका आफन्तले पनि उपचार अगाडि बढाउन आग्रह गरे ।

राइड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको शल्यक्रिया गरिएको हो । चिकित्सकहरुका अनुसार यो प्रविधिमा बिरामीलाई बेहोस गराइन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाइप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधिलाई ओसोफयागोस्कोपी भनिन्छ । 
 

उक्त प्रविधिको प्रयोग गरेर यो शल्यक्रिया सफल नहुन पनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो । सोही अनुसार सर्जनहरुलाई पनि स्ट्याण्डबाई राखिएको थियो । खाना खाँदा घाँटीमा खाना अड्कीने, मासु खाँदा हडडी अडकिने जस्ता घटना त सुनिरहेकै हो । तर सिंगै ब्रस नै घाँटीबाट छिरेको घटना अलि नौलो नैं मानिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्