०३ असार २०८३, बुधबार

राष्ट्रियताको रक्षाका लागि पाँच दल एक ठाउँमाः प्रचण्ड

राष्ट्रियताको रक्षाका लागि पाँच दल एक ठाउँमाः प्रचण्ड

नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकलाई वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र  जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको प्रष्ट पारे ।
बैठकले तत्कालीन नेकपाबाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्