०८ असार २०८३, सोमबार

राहदानी संग्रहालय स्थापना हुँदै, ऐतिहासिक राहदानी र दस्तावेज उपलब्ध गराउन विभागको आह्वान

राहदानी संग्रहालय स्थापना हुँदै, ऐतिहासिक राहदानी र दस्तावेज उपलब्ध गराउन विभागको आह्वान

राहदानी विभागले ‘राहदानी संग्रहालय’ स्थापनाका लागि काम तीव्र बनाएको छ । जसअनुसार विभागले संग्रहालयमा राख्न पुराना तथा ऐतिहासिक राहदानीहरु एवम् राहदानी सम्बन्धी ऐतिहासिक दस्तावेज, लेख तथा रचना आदि संकलन गर्न थालेको जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै यदि कसैको घरमा  संग्रहणीय राहदानी वा विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात छन् भने उपलब्ध गराउन आह्वान गरेको छ ।

‘आफू वा आफ्नो घर परिवारमा रहेको संग्रहणीय राहदानी वा विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात, लेख, रचना, सूचना वा संग्रहालयमा राख्न उपयुक्त हुने खालका कागजात विभागलाई उपलब्ध गराई सहयोग गर्नु हुन अनुरोध छ’, विभागको सूचनामा भनिएको छ । 

विभागले यसरी प्राप्त हुने सामाग्रीहरु उपलब्ध गराउने व्यक्ति वा संस्थाको सहमतिमा नाम ठेगाना समेत उल्लेख गरी सुरक्षितसाथ संग्रहालयमा राखिने स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्