०३ असार २०८३, बुधबार

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई रु १ करोड

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई रु १ करोड

बागमती प्रदेश विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोक जिल्लालाई तत्काल रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सो समितिको बैठकले सोे निर्णय गरेको हो ।

उद्योग, पर्यटन तथा वन मन्त्री शरेस नेपालले बैठकले सिन्धुपाल्चोक लगायत प्रदेश भित्रका बाढीपहिरो प्रभावित क्षेत्रमा रोकथाम, संरक्षण र सहज वातावरण बनाउन तत्काल रु ५ करोड सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले बैककले सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि रु ५० लाख दिने निर्णय गरेको बताए ।

अन्य जिल्लालाई पनि सम्भावित जोखिम कम गर्न लागि रु २५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका नराम्रो प्रभावित बनेको छ ।

मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले काभ्रे भुम्लु गाउँपालिकाको दोलालघाट बजार पनि प्रभावित बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्