०४ साउन २०८३, सोमबार

दोस्रो चरणको स्थानीय निर्वाचनको तयारी पूरा

कात्तिक २०, २०७४
दोस्रो चरणको स्थानीय निर्वाचनको तयारी पूरा

भोजपुर, २३ जेठ– दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए ।

मतपत्र, मतपेटिका प्रचारप्रसारलगायतका सामग्री जिल्ला आइसकेकाले त्यसको कामसमेत तीव्ररुपमा भइरहेको उनले बताए ।

निर्वाचन अधिकारी रेग्मीका अनुसार वर्षात् सुरु भएकाले मतदान केन्द्रसम्म निर्वाचन सामग्री पठाउन केही समस्या रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भोजपुरमा १३ दल दर्ता भएको कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा एक लाख पाँच हजार ५५४ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्