३१ असार २०८३, बुधबार

डिम्याट र मेरो शेयर खाता खोल्दै हुनुहुन्छ ? यसरी अनलाईनबाटै निःशुल्क खोल्नुहोस्

डिम्याट र मेरो शेयर खाता खोल्दै हुनुहुन्छ ? यसरी अनलाईनबाटै निःशुल्क खोल्नुहोस्

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।

प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने लिमिटेडले जनाएको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईट www.nabilinvest.com.np मा गई अनलाई डिम्याट भित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने लिमिटेडले जनाएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ । 

यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर सिस्टमले उपलब्ध गराउने छ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने लिमिटेडको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्