×

NMB BANK
NIC ASIA

संवैधानिक इजलास

आजदेखि सरकारी पक्षबाट बहस, यी सरकारी तथा वरिष्ठ अधिवक्ताले गर्नेछन् बहस

असार १४, २०७८

NTC
Premier Steels


प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिट निवेदन पक्षको बहस सकिएपछि सोमाबारदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।

Muktinath Bank

 बहस महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट साढे सात घण्टा गर्ने तयारी गरिएको छ। शेर बहादुर देउवा निवेदक रहेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी(प्रतिवादी) बनाइएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा गठित संवैधानिक इजलासमा प्रतिवादीका लागि समेत १५ घण्टा समय प्रदान गरिएको छ। जस मध्ये साढे ७ घण्टा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलले तथा बाँकी रहेको साढे ७ घण्टाको समयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट अन्य निजी प्राइभेट वकिलहरूले बहस गर्ने भएका छन्।


Advertisment
Nabil box
Kumari

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा महान्यायाधिवक्ता संजिबराज रेग्मीका अनुसार महान्यायाधिवक्ता कार्यालयको तर्फबाट ११ जनाको नाम बहसका लागि सर्वोच्च अदालतमा पठाइएको छ। जस मध्ये असार १४ गते हुने बहसमा सबै भन्दा पहिले महान्यायाधिवक्ता रमेश वडालले बहसको सुरुवात गर्नेछन्। महान्यायाधिवक्ता वडालले ३ घण्टा समय लिएका छन्।

Vianet communication

त्यसै गरी नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले २ घण्टा, लिए पछि बाँकी रहेको साढे ५ घण्टामा अन्य नायब तथा सह महान्यायाधिवक्ताले बहस गर्नेछन्।

प्रवक्ता रेग्मीले ९ जना मध्ये कसैले ३० मिनेट त कसैले २० मिनेट  बहस गर्ने बताए। नायब महान्यायाधिवक्ताहरू विश्वराज कोइराला, टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईका साथ साथै सह न्यायाधिवक्ताहरू संजिबराज रेग्मी, लोकराज पराजुली, गोपाल घिमिरे, उद्धव पुडासैनी र खेमराज ज्ञवालीले बहस गर्नेछन्।

प्रधानमन्त्री ओलीको तर्फबाट बहस गर्ने यी वरिष्ठहरू
सरकारी पक्षका वकिलले बहस गरे पछि प्रधानमन्त्री ओलीका तर्फबाट समेत प्राइभेट वकिलको रुपमा ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गर्नेछन्। जस मध्ये वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, सुरेन्द्र भण्डारी, महेश नेपाल, ईश्वरी भट्टराई र सुरेन्द्र महतोले बहस गर्नेछन्। वरिष्ठ अधिवक्ता महतो भने यस अघि प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट प्रधानमन्त्री ओलीको विपक्षमा बहस गरेका थिए।  

त्यसै गरी राष्ट्रपति भण्डारीको तर्फबाट पनि केही वकिल रहनेछन्। सभामुख सापकोटाको वकिलका लागि १ घण्टा समय प्रधानन्यायाधीश जबराले दिएका छन्। आवश्यक भए आधा घण्टा थप्न सकिने उनले आईतवार इजलासमा बताएका थिए। सभामुख सापकोटाको तर्फबाट लव कुमार मैनाली, श्याम प्रसाद कंडेल, श्रीकृष्ण सुवेदी,मेघराज पोखरेल र उपेन्द्र केशरी न्यौपानेले नाम लेखाएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x