
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।
जननेता मदन भण्डारीको जन्मजयन्तीमा नेता नेपालले गरेको अपिलप्रति कटाक्ष गर्दै बाँस्कोटाले सोमवार ट्वीट गरेका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कम्युनिस्ट एकताका लागि अपिल गरेका थिए ।
त्यसपछि नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिस्ट पार्टीलाई नयाँ शिराबाट एकीकृत गर्न आह्वान गरेको रहेछ । कुरा राम्रै हो । तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्ध पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो ? कन्फ्युज्ड भैयो । जननेताप्रति श्रद्धाञ्जलि !’
जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिष्ट पार्टीलाई नया शिराबाट एकिकृत गर्नआह्वान गरेको रहेछ।कुरा राम्रै हो।तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो? कन्फ्युज्ड भैयो।जननेताप्रति श्रदान्जली!
— Gokul Prasad Baskota (@GokulPBaskota) June 28, 2021