०६ साउन २०८३, बुधबार

बेल्जियमसँगको खेल हारेपछि रिसको सुरमा हातेपट्टि फाले रोनाल्डोले (भिडियो)

असार १४, २०७८
बेल्जियमसँगको खेल हारेपछि रिसको सुरमा हातेपट्टि फाले रोनाल्डोले (भिडियो)

युरोकपको राउन्ड अपप १६ को खेलमा साबिक विजेता पोर्चुगल बेल्जियमसँग १–० गोलले हारेपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले रिसको सुरमा हातेपट्टि (आर्मब्यान्ड) मैदानमा फालेका छन् । 
 

थोर्गान हजार्डको सुन्दर गोलको सहायताले बेल्जियम विजयी भएपछि यसै प्रतियोगितामा अली दाईको कीर्तिमान पार गर्ने रोनाल्डोको सपना अधुरै रह्यो । 
 

पोर्चुगलले गोलका लागि २३ वटा प्रयास गरेको भए पनि उपलब्धि शून्य भयो । 

ढल्किँदो उमेरका कारण युरोकपको अर्को संस्करणमा शायद रोनाल्डो देखिने छैनन् । त्यसले गर्दा पनि होला शायद खेल सकिएलगत्तै उनले भावनामा काबु राख्न सकेनन् र कप्तानको हातेपट्टि भुइँमा मिल्काए । 

केही महिनाअघि उनले विश्वकपको छनोट खेलमा सर्बियाविरुद्ध गोललाई मान्यता नदिइएपछि यसैगरी आक्रोश पोखेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्